प्रहरी अवरोध छिचाेल्दै माइतिघरमा ‘निर्मलाका निम्ति न्याय’ अभियान



काठमाडौं : प्रहरी अवरोधका बीच निर्मलाका निम्ति न्याय अभियान कार्यक्रम माइतिघरमा सुरु भएको छ। कार्यक्रमका सहभागीहरूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गरेका छन्।

 

राजधानीमा एसिया प्यासिफिक समिट भइरहेको कारण देखाएर माइतिघरमा कार्यक्रममा गर्न प्रहरीले अवरोध गरेको थियो। तर प्रहरीको अवरोधका बीच सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारीहरू माइतिघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका छन्। 

 

सहभागीहरूले सरकारको भेटियो न्याय भेटिएन लेखिएका ब्यानर र पम्प्लेटहरू बोकेका छन्। कार्यक्रम जस्टिस फर निर्मला अभियानले गरेको हो।  त्यस्तै उता सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय, मानवअधिकार कर्मी लगायतले मुख्यमन्त्री त्रिलाेचन भट्टलार्इ ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्