‘तानाशाही सरकारको अगाडि प्रतिपक्षी रुझेको बिरालो’



रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

उनले दुईतिहाइको शक्तिशाली सरकार अभिषाप सावित भएको बताए । पार्टीको केन्द्रीय बैठकमा लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महँगी, कर र असुरक्षा उपहार दियो ।’

प्रतिक्रिया दिनुहोस्