ए डिभिजन लिग : छैटौं चरणका खेल मङ्गलबारदेखि



काठमाडाैं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौं चरणको खेल मंगलबारदेखि हुने भएको छ । छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्नेछन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

 

बुधबार मनाङ मर्स्याङ्दी क्लब र जाउलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछन् । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।

 

मंसिर २२ गतेदेखि सातौं चरणका खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले सात लाख र छैटौंले पाँच लाख पुरस्कार पाउनेछन् । फेयर प्ले ठहरिने टिमले एक लाख रुपैयाँ पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्