थामियो शेयर बजार



काठमाडौं : आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । 

कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १ सय ३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ । 

घटेको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । कुल १ सय ५६ कम्पनीको २१ लाख ३९ हजार ३ सय ४८ कित्ता शेयर रु ६३ करोड ७९ लाख ५४ हजार ९ सय ४८ मा खरिद बिक्री भएको छ । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ भने सात उपसमूहको कारोबार घटेको छ । 

विकास बैंक चार दशमलव सात, निर्जीवन बीमा ९२ दशमलव एक, अन्य शून्य दशमलव ४३ र जीवन बीमा कम्पनी १३ दशमलव ५७ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ शून्य दशमलव दुई सात, व्यापार एक दशमलव १८, होटल दुई दशमलव शून्य चार, जलविद्युत् दुई दशमलव एक सात, वित्त एक दशमलव ८२, उत्पादन नौ दशमलव दुई एक, माइक्रो फाइनान्स आठ दशमलव ३१ विन्दुले घटेको छ । 

बजारमा विजय लघु वित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै रैराङ हाइड्रो पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, ग्लोबल आइएमइ लघु वित्त वित्तीय संस्था, गरिमा विकास लघु वित्त वित्तीय संस्थालगायतका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्