प्रदर्शनकारीको ढुंगा लागेर प्रहरी इन्स्पेक्टरको मृत्यु



काठमाडौं : उत्तर प्रदेशको बुलंदशहर जिल्लामा हिन्दुवादी संगठनका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ । एक प्रदर्शनकारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सोमबार विहान हिन्दुवादी संगठनका कार्यकर्ताले गौहत्याको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र भएको भन्दै प्रहरीले लाठी चार्ज गरेपछि भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो । 

घटनामा पुलिस इन्स्पेक्टर सुबोधकुमार सिंहको मृत्यु भएको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्