पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं : नेपाल आयल निगमले लामो समयपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले सोमबार मध्य रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।

 

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार कायम भएको मूल्यअनुसार पेट्रोल प्रति लिटर एक सय ११२ रुपैयाँ, डिजेल तथा मट्टितेललाई ९९ रुपैयाँ कायम भएको छ ।

 

मूल्य समायोजन पश्चात् पेट्रोलतर्फ ११ रुपैयाँ ४४ पैसा, डिजेलतर्फ पाँ रुपैयाँ ८१ पैसा नाफा हुने भएको छ भने खाना पकाउने ग्यासतर्फ प्रति सिलिण्डर दुई सय ८४ रुपैयाँ ८३ पैसा घाटा छ ।

 

मूल्य समायोजन पश्चात् निगमले १५ दिनमा ५६ करोड ५८ लाख रुपैयाँ बराबरको नाफा गर्ने जनाएको छ । पछिल्लो समयमा मूल्य समायोजन नहुँदा नेपाल आयल निगमको घाटा चुलिएको थियो ।

 

अन्तराष्ट्रिय मूल्यका आधारमा समायोजन नहुँदा गत् साउनदेखि घाटा व्यहोरेको निगमलाई डलरको भाउ बढ्दा पछिल्लो समयमा भदौको अन्तिम सातादेखि कात्तिकसम्ममा थप आर्थिक भार थपिएको थियो ।

 

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८४ करोड घाटा व्यहोरेको छ । साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८२ करोड रुपैयाँ घाटा व्यहोरेको थियो ।

 

स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन नगर्दा निगमको ‘वर्किङ क्यापिटल’ समेत धरापमा परेको अन्नपुर्णमा खवर छ ।

 

निगमले असोज १ गतेदेखि मूल्य समायोजन गरेको थिएन । चाडवाडको समयमा उपभोक्तालाई महँगीको मार नथप्न भन्दै उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले मूल्य नबढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्