काठमाडौंदेखि जनकपुर साइकलमा सरर



काठमाडौं: मंसिर २३ देखि चार दिने काठमाडौं-सिन्धुली-जनकपुर साइकल यात्रा हुने भएको छ ।  २ सय २५ किलोमिटर दुरीमा  हुने साइकल यात्रालार्इ राइड टू सिन्धुलीगढी नाम दिइएको छ ।

 

सिन्धुलीगढी किल्लामा नेपाली फौजले अंग्रेजबिरूद्ध विजयी हासिल गरेको २५१ औं वर्षगाठ मनाउन राइड आयोजना गरिएको हो । साइकल यात्रा काठमाडौंस्थीत पशुपतिनाथवाट शुरू भएर सिन्धुलीगडी हुंदै जनकपुर पुगेर फेरी काठमाडौं आई सकिनेछ ।

 

समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, नेपाल साइकल संघ र स्थानीय तहहरुको संयुक्त सहकार्यमा हुन लागेको साइकल यात्रामा १ सय २२ जनाले नाम दर्ता गरिसकेको आयोजक समितिका सदस्य राहुल कुमारले जानकारी दिए ।

 

काठमाडौंवाट जाने साइकलयात्रीलाई सिन्धुलीगढी किल्लामा भव्य स्वागतको तयारी भएको यात्रा संयोजक लिलानाथ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्