मन्दिरकाे भेटीले चलेका छन् दुर्इ स्कुल



अर्घाखाँची : जिल्लाकाे सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ।  वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्दानीले अर्घाखाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ ।

 

‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन्।

 

शान्तिमा रहेका १० शिक्षकमध्ये ४ लाई तलब दिन पुगेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए।

धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए । खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छ । 

प्रतिक्रिया दिनुहोस्