न्यू क्यालेडोनिया नजिक ७.५ म्याग्नीच्यूडको भूकम्प



न्यूजिल्याड: न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा आज ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।

 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ ।

 

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्प आएका थिए ।

 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्