विद्यार्थीले चीठ चोरेपछि हैरान शिक्षकले अपनाए नौलो तरिका



एजेन्सी : सायद संसारमा त्यस्तो देश छैन । जहाँ स्कुल वा कलेजका शिक्षकहरु विद्यार्थीहरु चिट चोर्ने समस्याबाट पीडित नहुन् । यस्तै समस्याबाट ग्रसित भएर परिक्षाको बेला शिक्ष्कले अपनाएको यो अनौठो तरिकाले आज विश्व नै चकित छ । यो खबर मेक्सिकाको हो ।

मेक्सिकोको टेलेक्सकला शहरमा ब्याचलर्समा अध्ययन गर्दै गरेका विद्यार्थीहरुको परिक्षा चलिरहेको थियो । विद्यार्थीहरुले चिठ चोरेर शिक्षकलाई हैरान बनाएपछि उनले विद्यार्थीहरुलाई कार्डबोर्ड बक्स लगाइदिएर परिक्षा दिन लगाएका छन् । अहिले यो खबर विश्वभर भाइरल भइरहेको छ ।

तर यस्तो खबर पहिलो पटक समाचारमा आएको भने होइन । यो भन्दा अगाडि पनि विद्यार्थीहरुले चीट चोरेर हैरान बनाएपछि अनेक तरहका उपायहरु लगाएर विद्यार्थीहरुलाई परिक्षा दिन लगाएको खबरहरु आइ नै रहेका छन् । अहिले मेक्सिकोमा विद्यार्थीहरुलाई कार्डबोर्ड लगाएर परिक्षा दिन लगाएकोमा विश्व भर नै सोसल मिडियामा आलोचना भइरहेको छ । 

एल सबिनल कलेजका डाइरेक्टर लुइस जुआरेज टेक्सिसले सबै विद्यार्थीहरुलाई कार्डबोर्ड लगाएर परिक्षा दिन लगाएका थिए । अहिले उक्त तस्बिर भाइरल बनिरहेको छ । तस्बिर भाइरल भइसकेपछि कलेज प्रशासन तथा शिक्षकको चर्काे आलोचना भइरहेको छ ।  मानिसहरुले कलेजका बारेमा मानव अधिकार उल्लंघन गरेर परिक्षा दिन लगाएको तर्क गरिरहेका छन् ।

कसैले कलेजका डाइरेक्टरलाई निलम्बन गर्न माग गरेका छन् । केहि मानिसहरु कलेजले गरेको यस कदमप्रति चर्काे आलोचना र खुलेर बिरोध गरिरहेका छन् । केहिले भने परिक्षा दिने यो अनौठो तरिकाको समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्