एक मानिसका दुई मुख, एउटा रुँदा अर्काे हाँस्ने



एजेन्सी : विश्वमा एउटा यस्ता एकमात्र व्यक्ति थिए, जसका दुई मुख थिए । ति अचम्मका मानिस इंग्ल्याण्डका थिए । १९ औँ शताब्दीमा एडवर्ड मोरड्राके नाम गरेका यि  ति मानिसका दुई मुख थिए । उनको एक मुख निदाउँदा अर्काे मुख जाग्ने गथ्र्यो ।

यो विश्वमै एयटा यस्तो रहस्यको विषय बनेको छ कि अहिलेसम्म पनि कसैले यसको रहस्य पत्ता लगाउन सकेको छैन । यसको विषयमा अहिलेसम्म पनि अनुुन्धान भैरहेको छ । यसको रहस्य न कसैले थाहा पाउन सकेको छ  न त कसैले सम्झन नै । उनको एउटा शिरका आँखा बन्द हुँदा अर्काे शिरका आँखा स्वतः खुल्ने गर्थे । यसैकारणले यसको रहस्य अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन ।

एकलाख मानिसहरुले बताए अनुसार एडवर्ड आफ्नो दोश्रो मुहारका कारण चिन्तित हुन्थे । आफ्नो त्यो अचम्मको मुखका कारण उनी कति रातसम्म सुत्न  नसकेको रहस्य पनि बाहिर आएको थियो । यस्तो समस्या १९ औँ शताब्दीका बेला समाधान गर्न नसकिने अवस्थाका कारण पनि बिशेष खोज हुन नसकेको विज्ञहरुको भनाइ छ ।

परिवारले उपचारको लागि धेरै डाक्टरहरुलाई देखाए पनि उपचार हुन गर्न सकेकनन् । एक लेखका अनुसार एडवर्डको पछाडि तिरको मुख महिलाको थियो । पछाडि तिरको मुखमा आँखा भए पनि देख्न सक्ने क्षमता भने थिएन । 

अचम्मको कुरा त के छ भने, जब एडवर्ड सुत्ने गर्थे तब पछाडिको मुख भने जाग्ने गथ्र्याे । जाग्दै गर्दा नर्कको बारेमा फतफताउने गथ्र्यो । भनिन्छ कि, एडवर्ड जब खुसी हुन्थे तब दोश्रो मुहारलाई रिस उठ्ने गथ्र्याे । त्यस्तै उनी दुःखी भएको बेलामा खुसी हुन्थ्यो । एकदिन एडवर्डले आफ्नो दोश्रो मुखको चिन्ताका कारण आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्