गरीबीको पीडादायी कथा : खान दिन नसकेपछि घाँटी थिचेर छोरा मारिन् आमाले (भिडियो सहित)



एजेन्सी : रुसमा एक आमाले आफ्नो छोरालाई खानेकुरा दिन नसकेपछि डोरीले घाँटी थिचेर मारेकी छन् । आफ्नो फ्रिजमा खानेकुरा बाँकी नरहेको र बालक जहिले पनि भोको रहने गरेको उनको दाबी छ । 

रुसी प्रहरीलाई युलिया खाबितोभाले कसरी छोरो मारेको भन्ने दृश्य देखाइन् ।

छोरोको ठाउँमा एउटा पुतली लिएर त्यसलाई हल्लाउँदै अनि आँखामा आँसु ल्याउँदै उनले अपराध कबुलिन् । 

उसलाई घाँटी थिचेर मारेपछि उनले कम्बलमा राखेर उसलाई गाडेकी थिइन् । 

एक वर्षे छोरो तिमुरलाई उनले भनेकी थिइन्, ‘अब ठीक हुनेछ । तिमी कहिले पनि भोको रहने छैनौ । अब कहिले पनि रुने छैनौ ।’

इस्माइलाभो गाउँमा महिलाले यो घटना बताउँदा प्रहरीहरू समेत रोएका थिए । 

शिशुका पिता डेनिस तकाचेभले खाबितोभालाई अर्को व्यक्तिसँग लागेको भन्दै त्यागिदिएका थिए । 

हत्या कबुल्नुअघि खबितोभाले बालक हराइरहेको दाबी गरेकी थिइन् । 

‘मैले उसको घाँटी अँठ्याए, एउटा कम्बलमा उसलाई बेरें अनि गोबरमुनि गाडें,’ उनले प्रहरीलाई बताइन्, ‘मसँग उसलाई टन्न खान दिनका लागि पैसा थिएन ।’

उनले हालसालै सानतिनो जागिर पाएको तर छोरालाई खान दिनका लागि पर्याप्त पैसा नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्