अन्तरिक्षयात्रीको लुगा लगाएर सडकमा हिँडे यी व्यक्ति, चन्द्रमामा हिँडेको भ्रम दिए (भिडियो सहित)



एजेन्सी : चन्द्रमाको क्रेटर जस्तो देखिने भारतको एक सडकमा खाल्डाखुल्डीमा एक व्यक्तिले अन्तरिक्षयात्रीको लुगा लगाएर ‘चन्द्रयात्रा’ गरेका छन् । 

यो अविश्वसनीय फूटेज कलाकार बादल नान्जुन्दास्वामीले बेंगलुरुमा खिचेका हुन् । 

फूटेजमा एक व्यक्ति सेतो स्पेससुट र हेल्मेट लगाएर बेंगलुरुको तुंग नगर मुख्य सडकमा हिँडेको देखिन्छ । गुरुत्वाकर्षणविहीन क्रेटरमा सावधानीपूर्वक हिँडेको अभिनय उनले गरेका छन् । 

नक्कली अन्तरिक्षयात्री खाल्डाखुल्डीयुक्त बाटोमा हिँड्दै गर्दा भ्यान र कारहरू पनि गुडिरहेका हुन्छन् ।  सडकबत्तीको प्रकाश उक्त व्यक्तिको अन्तरिक्ष वस्त्रमा टल्किएर अनौठो चमक दिएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्