नेपाल–युएई संसदीय मैत्री समूहको बैठक सम्पन्न



काठमाडौं : संघीय संसदको नेपाल–संयुक्त अरब इमिरेट्स (युएई) संसदीय मैत्री समूहको पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा संयोजक प्रभु साहको अध्यक्षतामा बसेको समूहको बैठकमा सदस्यहरुलाई समूह गठनबारे औपचारिक जानकारी गराइनुका साथै केही महत्वपूर्ण निर्णय समेत गरिएको छ ।

बैठकले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको सुमधुर सम्बन्धलाई अगाडि बढाउन संसदीय कूटनीतिका माध्यमबाट समूह क्रियाशील हुने र नेपालस्थित युएईका राजदूतसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी समूहका सदस्य एकवाल मियाँलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न राष्ट्रका संसदहरुबीच प्रत्यक्ष सम्पर्क बढाई पारस्परिक मैत्री तथा समझदारी अभिवृद्धी गर्दै आपसी मित्रता स्थापित गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको संसदीय सहभागितालाई प्रभावकारी बनाउन संघीय संसदमा मैत्री समूह गठन गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्