कांग्रेस सांसद भिमसेनदासको प्रश्न : राष्ट्रिय गीत बज्दा किरियापुत्री उठ्ने कि नउठ्ने ?



काठमाडौं : पशपुति मन्दिर परिसरमा आरती शुरु हुनुपूर्व राष्ट्रिय गान बजाउन थालिएको विषयले संसदमा प्रवेश पाएको छ । नजिकै घाटमा शवहरु जलिररहेका बेला छेवैमा राष्ट्रिय गान बजाउदा राष्ट्रिय गानको मर्म विपरीत हुने तर्क गरेका छन् ।

आइतबारको संसद बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले पशपुति मन्दिर परिसरमा नेपली राष्ट्रिय गान बजाउँदा धर्म, संस्कृति र परम्परा विरोधि भएको बताए । उनले भने ‘पशुपति आर्यघाटमा आरती मात्र हुँदैन, त्यहाँ दाहासंस्कार गर्ने मलामी र आफ्ना परिवारजनलाई सान्त्वना दिने आफन्त गएका हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रियगान बजाउँदा के हुन्छ ? राष्ट्रिय गान त राष्ट्रिय कार्यक्रममा बजाउनुपर्छ।’

‘नेपालको राष्ट्रियगान गाइरहँदा यसको आफ्नै परम्पार छ । गरिमा छ। यसको आफ्नै मौलिकता छ । त्यो बज्दा उभिनुपर्छ । जसरी हामी यहाँ राष्ट्रियगान बज्दा सभामुखदेखि लिएर सबै उठ्छौं के पशुपतिमा आफन्तको दाहासंस्करमा रहेका पुत्रपुत्रीले राष्ट्रिय गीत बज्दा उठ्ने कि नउठ्ने ?’ उनले सरकारसँग प्रश्न गरे ।

सरकारले बारम्बार विवादास्पद कामहरु गर्ने गरेको बताउ्ँदै उनले यसरी जहाँ पायो त्यही राष्ट्रिय गान गाउदा बा बजाउँदा राष्ट्र गानको महत्व घट्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनपछि पशपुति मन्दिर परिसरमा आरती शुरु हुनुपूर्व राष्ट्रिय गान बजाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्