बालीमा अस्ट्रेलियाली पर्यटकको फोन चोर्‍यो ओराङउटानले (भिडियो)



एजेन्सी : इन्डोनेसियाको चिडियाखानमा एउटा ओराङउटानले एकजना अस्ट्रेलियाली पर्यटकको फोन चोरेको छ । 

ब्रिसबेनकी सारा डन्कनले आफ्नो मोबाइल फोन उक्त जनावरले खोसेको र फिर्ता दिन नमानेको भिडियो फेसबूकमा राखेकी छन् ।

भिडियोमा स्थानीयहरू र चिडियाखानाका कर्मचारीहरूले डन्कनलाई फोन फिर्ता दिन ओराङउटानलाई फकाएको देखिन्छ । ओराङउटान फोन समातेर डोरीबाट झुण्डिएको देखिन्छ र फिर्ता दिने कुनै लक्षण देखाउँदैन । 

एकजनाले खानेकुरा देखाएर फोन फिर्ता माग्दा पनि उसले टेर्दैन । पछि ओराङउटानले फोन क्षतिग्रस्त बनायो । 

उक्त घटनामा आफूलाई चिडियाखाना कर्मचारीहरूले पूर्ण सहयोग गरेको माफी मागेको डन्कनले बताइन् ।

उक्त घटनामा आफूलाई चिडियाखाना कर्मचारीहरूले पूर्ण सहयोग गरेको माफी मागेको डन्कनले बताइन् ।

https://video.dailymail.co.uk/preview/mol/2019/09/08/6666216686933656553/636x382_MP4_6666216686933656553.mp4

प्रतिक्रिया दिनुहोस्