रेस जित्नका लागि एक घोडाले अर्को घोडामाथि देखायो यस्तो हर्कत (भिडियोसहित)



एजेन्सी : कुनै प्रतियोगिता जित्नका लागि तपाईं के–के गर्नुहुन्छ ? हालै दौड प्रतियोगितामा एउटा अनौठो घटना सार्वजनिक भएको छ । घोडा दौड प्रतियोगितामा जित्नका लागि एउटा घोडाले अर्को घोडामाथि अनौठो हर्कत गरेको छ ।

यो घटना फ्रान्सको राजधानी पेरिसमा घटेको हो ।  त्यहाँ हालै मात्र घोडा दौड प्रतियोगिता चलाइएको थियो । सो घोडा दौडमा एउटा घोडाले आफ्नो प्रतिस्पर्धी अर्को घोडालाई हराउनका लागि अनेक चतु-याईं गरेको छ । 

प्रतियोगितामा जित्नका लागि दौडिरहेको घोडाले प्रतिस्पर्धी घोडामा सवार व्यक्तिको हातमा टोकिदिएको छ । 

तिव्र गतिमा दौडिरहेका घोडाहरुमध्ये एक घोडाले आफ्नो छेवैमा रहेको अर्को घोडामा सवार मानिसको हातमा दाँतले टोकिदिएको छ । उक्त घोडाको नाम पालोम्बा हो भने घोडामा सवार व्यक्तिको नाम जेभियर बट्रास हो ।  उनले रेसको समयमा घोडाले आफूलाई तीन पटक हमला गरेको बताएका छन् ।

अहिले समाजिक सञ्जालमा यो भिडियो भाइरल बनिरहेको छ । घोडाले देखाएको यो हर्कत भिडियोमा प्रस्ट देखिएको छ । 

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस्