राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीकाे भेट



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले अहिले शिष्टाचार भेट गरेका छन् । केहिबेर पहिले उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्