अचम्मकाे पहाड, जहाँ ढुंगा फालेर थाहा पाइन्छ गर्भमा छाेरा छ कि छाेरी ?



एजेन्सी : सामान्यतया गर्भमा रहेको शिशुको लिंग पहिचानका लागि सोनोग्राफीको साहारा लिइन्छ । अहिले हरेक कामका लागि प्रविधिको प्रयोग गरिन्छ ।

त्यसैकारण पनि प्रविधिको एकदमै छिटो विकास भैरहेको छ । तर भारतको झारखण्डमा एउटा यस्तो इलाका छ, जहाँ प्राचिन परम्पराबाट गर्भको बच्चाबारे जानकारी लिइन्छ । 

झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा एक यस्तो पहाड रहेको छ, जसले गर्भमा रहेको नवजात शिशुको लिंग पहिचान गरिन्छ । भारतीय मिडियाका अनुसार, स्थानीय मानिसहरुले कत्तीपनि पैसा खर्च नगरी लिंग पहिचान गर्ने गरिएको बताएका छन् ।

यो चलन आजभन्दा करिब चार सय वर्ष पहिले नागवंशी राजाको शासनकालदेखि चलीआएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार, यो पर्वत ४ सय वर्ष अघिदेखि मानिसलाई उसको भविष्यबारे जानकारी दिइरहेको छ ।

यस पहाडप्रति मानिसहरुले निकै नै श्रद्धा राख्ने गरेको उल्लेख गरिएको छ । स्थानीयहरुका अनुसार, यो ढुंगा चन्द्रमाको आकारको छ, जसले नवजात शिशुको लिंग पहिचान गर्न सक्दछ ।

गर्भमा रहेको शिशुको लिंगबारे थाहा पाउनका लागि यस ढुंगामा अर्को ढुंगा प्रहार गर्नुपर्छ । जसका लागि गर्भवती महिला एक निश्चित दूरीबाट यस पहाडमा बनेको चन्द्रमा आकृतिमा ढुंगा प्रहार गर्नुपर्छ ।

उक्त ढुंगा यदि त्यो चन्द्रमा आकृतिको बीचमा लाग्छ, महिलाले आफ्नो गर्भमा पुत्र रहेको सम्झिन्छिन् । त्यस्तै, यदि सो ढुंगा चन्द्रमा आकृतिको बाहिर लाग्छ, गर्भवती महिलाको गर्भमा पुत्री रहेको अनुमान गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्