महानगरमा काेठा खाली गराइदिने उजुरी सबैभन्दा बढी



काठमाडौं : महानगरपालिकाको न्यायिक सकितिमा सबैभन्दा बढी कोठा खाली गराइदिने मागसहितका निवेदन पर्ने गरेका छन् ।

 

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले न्यायिक समितिमा भाडावल सम्पर्कविहीन भएपछि घरबेटीले कोठा खाली गराउने मागसहितका उजुरीको संख्या सबैभन्दा बढी भएको जनाइन् । 

 

यसैगरी सम्बन्धविच्छेदका लागि आउने पुरुषको संख्या पनि उल्लेख्य रहेको उनले जानकारी दिइन् । 

 

आइतबार आर्थिक वर्ष ०७४÷७५ मा न्यायिक समितिले गरेका कामबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले गत वर्ष १ सय ८४  उजुरी परको बताइन् । तीमध्ये ४७ बारे निर्णय सुनाइएको ५ भने ३३ उजुरी अदालत पठाइउको छ ।

 

१५ वटा उजुरी कार्यान्यवन भएका छन् भने ९८ विचाराधीन अवस्थामा छन् । 

प्रतिक्रिया दिनुहोस्