आज दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पुजा आराधना गरी मनाइँदै



काठमाडौं : आज (सोमबार) दशैंको दोस्रो दिन अर्थात ब्रह्मचारिणी देवीको पुजा आराधना मनाइँदै छ । देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपिठहरुमा भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।

यसअघि हिजो (आइतबार) दशैं घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना नबदुर्गाको आराधना गरिएको थियो भने आज आज देवी ब्रह्मचारिणी भगवतीको पूजा आराधाना गरी देशभर धुमधाम साथ मनाइँदै छ ।

काठमाडौंको हनुमानढोकास्थित दशैं घर र गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैं घरमा हिजो विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएकोमा पनि घटस्थापना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा र आराधाना गरिन्छ । घटस्थापना गरेसँगै नौ दिनसम्म नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती चण्डी र अन्य देवी स्तोत्र एवम् पाठ गरी पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको नौ देवीको पूजा गर्ने गरिन्छ ।

राजधानीभित्र रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।

घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका र प्रसादको रुपमा जमरा लगाउने परम्परा रहेको छ । घटस्थापनादेखी नै सार्वजनिक स्थलहरुमा पिङ हालिएको देख्न सकिन्छ । कतै केटाकेटीहरु चङ्गा चेट् गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्