त्यो चंगा



आजभोली दसैंको चहलपहलले सबैलाई छोएको छ । गाउँदेखि शहर, बच्चादेखि बुडा, फुटपाते पसलदेखि ठूलाठूला मलहरु, गरीबदेखि धनी सबैलाई दसैं लागेको छ । फरक यति छ कसैलाई बडा दसैं भएको छ भने कसैलाई बडा दसा भएको छ ।

दसैंका लागि सरसामान किन्नेहरुको बजारमा ताँती देख्न सकिन्छ । खसी,बोका, तरकारी, कपडा आदिको मूल्य आकाशिएको छ । कमाई गर्न विदेशिएकाहरु र शहर बसेकाहरु पनि दसैं मनाउन गाउँ फर्किरहेका छन् । कतिलाई अघिल्लो वर्षकै दसैंको ऋण तिर्न नसकेको र फेरि ऋण माथि ऋण थपिने पिरलो छ । दसैं हाम्रो संस्कृति हो । यसलाई तडकभडकका साथ मनाउनु भन्दा पनि यसको संस्कृतिको बारेमा बुझेर मनाउनु जरुरी देखिन्छ ।

दसैंकै सन्दर्भमा कुरा गर्दा हिजो(शुक्रबार) म अफिस सकेर घर फर्किरहेको बेलाको एउटा घटना याद आयो । अफिसबाट निस्केर म तिनकुनेबाट रत्नपार्कसम्मको बस चडे । बसमा पनि निकै भिडभाड थियो । आरएनसी अगाडी गएर ओरर्लिए । त्यहाँ यति भिडभाड थियो कि बाटो छिचोलेर हिड्न पनि हम्मे हम्मे थियो । काठमाडौं मल तिर हेरे हरेक पसलका ढोकामा फूलमालाले सजिएका गेट ग्राहकवर्गका स्वागतका लागि थिए । जुन निकै आकर्षक देखिन्थे । त्यहाँका पसलमा मानिसहरुको त्यतिकै भिडभाड थियो । सडकछेउँका फुटपाते पसलतिर हेँरे मलको पसलमा भन्दा ती फुटपाते पसलमा भिडभाड निकै थियो । किन्नेलाई पनि फुर्सद थिएन बेच्नेलाई त झनै फुर्सद थिएन् । सोचे, अहो १ दसैं त भयंकर लागिसकेछ ।

त्यहाँबाट स्वयम्भु जाने अर्को गाडी चडे, गाडी दुई पाइला अघि बढ्न पाएको थिएन जाम सुरु भयो । आधा घन्टा जति लाग्यो जमल पुग्न । भmयालबाट बाहिर हेर्दा जमलका सबै पसल झिलिमिलि देखिन्थे, पसलका अगाडी ठूला ठूला अक्षरमा कतै दसैं अफर, कतै ५० छ अफ, कतै सेल भनेर पोष्टरहरु राखिएको देखिन्थ्यो यो सँगै फूलमाला अनि चंगाले सजिएका पसलहरु ।

आरएनएसी बाट ठूलोभर्यागं पुग्न २० देखि २५ मिनेट लाग्ने बाटोमा उक्त ठाउँमा पुग्न डेढ घण्टा लाग्यो । समस्या उही जाम ।

गाडीबाट ओर्लिएर घरतिर लागे घर अगाडी पुगेर एउटा कस्मेटिक पसल तिर लागे, केहि कस्मेटिक सामान चाहिएकाले । उक्त पसल अगाडी यस्तै १२र१३ वर्षको एक बालकले चगां बेच्न राखेको थियो । सानो ठेलागाडामा । चार–पाँच जना थिए जो चंगा किनिरहेका थिए । त्यही भीडमा एकजना यस्तै ६–७ वर्षको बालक आफ्नी आमाको हात समाएर मलाई पनि चाहियो भन्दै रोइरहेको थियो । आमाले पर्खी न पर्खी भन्दै थिईन् । उक्त दृष्य हेर्दै म पसल भित्र छिरे, आफूलाई चाहिएको सामान किनेर बाहिर निस्के ।

बाहिर निस्कँदा त्यो बालक त्यसरी नै रोइरहेको थियो । आमाले हिँड भोली किन्दीन्छु के, कति अटेरी भएको भन्दै थिईन् । मेरा आखाँ आमा(छोराले लगाएको लुगातिर गयो, झुत्रापुराना लुगा लगाएका थिए, आमाको अनुहारभरी चायापोतो आएको थियो र अनुहारमा एक किसिमको दिक्दारीपन देखिन्थ्यो । आमाले छोराको हात समाएर भनिन्(ुहिँड भनेको सुनिनस्, भोली किन्दीन्छु भनेकै छु तु यत्तिकैमा आँखाभरी आँशु टिलपिल पार्दै बालक बोल्यो ुअस्तिनैको दसैंमा पनि त्यहि भन्नुभएको थियो । उसको यो भनाईले मेरो मन बिज्यो । उसलाई पोहारसालको दसैंभन्ने पनि थाहा थिएन् कति अबोध बालक । मनमा कुरा खेल्यो सायद आमासँग पैसा नै नभएर होला गएर एउटा चंगा किन्दिछु, फेरी एक मनले सोच्यो ती आमाले के सोच्ने हुन्, केही भनिन् भने तपाईँलाई के चासो भनेर । एकछिन् मन दोधार भयो । बालक त्यहाँबाट हिड्न मानि नै रहेको थिएन्, रोइ नै रहेको थियो ।

मन थामिएन अनि उक्त ठेला अगाडी गएर सोधेँ के भयो दिदि ? उनले भनिन्( ुहेर्नु न, चंगा चाहियो भनेर हैरान पार्या छ, तरकारी किनेर आएको म सँग भएकोले चंगा किन्न नपुग्ने रैछ, यसले कुरा बुझ्दैन् । आँट गरेर भने म किन्दिउँ त ? उनले आश्चर्य मिश्रित अनुहारले म तिर हेरेर भनिन् हैन बैनी पर्दैन्, भोली म सँग पैसा आउँछ भोली किन्दिन्छु । मेरो मनमा भने अघि त्यो बालकले भनेको कुरा खड्किरहेको थियो अनि फेरि भने, केहि हुँदैन् दिदि केहि नसोच्नुस् मेरो भाई जस्तै लाग्यो म किनिदिन्छु । उनी केहि बोलिनन्, उनको अनुहारमा छोरालाई चंगा किन्दिन नसक्नुको पीडा प्रस्टै देखिन्थ्यो । चंगा बेच्न राखेको भाईसँगबाट किनेर उक्त बालकलाई दिए उ यति खुसी भयो कि मानौँ उसले संसार नै जित्यो । चंगा बेच्ने भाई पनि मख्ख पर्दै पैसा गनिरहेको थियो । आमाको अनुहारमा पीडा मिश्रित खुसी देखिन्थ्यो । सानो सहयोग भएपनि मेरो पनि अनुहार उज्यालो भयो । त्यो एउटा चंगा जसले चार जनाको अनुहारमा खुसी ल्याईदियो ।

सोँचे, यो दसैं सबै नेपालीका लागि बडा दसैं नै भईदिए कति रमाईलो हुनेथ्यो ।

प्रतिक्रिया दिनुहोस्