दशैं संबादमा मन्त्री गोकुल बाँस्कोटा



दशै कसरी मनाउँदै हुनुहुन्छ ?
दशैं मनाउँने कुनै बिशेष योजना छैन् । यो धर्मसंस्कृतीसंग जोडिएको बिषय भएकाले पहिला देखी मनाउँदै आएको शैलीमै मनाउँने हो ।

टिकाको दिन कसकोबाट टिका लगाउँने हो ?
टिकाको दिन मान्यजनबाट टिका ग्रहण गर्ने हो । लगाउँन आउँनेलाई टिका लगाईदिने हो ।

दशैं मनाउँनेलाई तपाईको सुझाव केही छ की ?
दशैं रमाईलो गरी मनाउँन सुझाव दिन्छु । भडकिलो, दशा लाग्ने शैली नअपनाउँन सबैलाई मेरो अनुरोध छ ।

बाल्यकालमा दशैं मनाउँदाको रमाईलो पललाई कसरी सम्झिनुहुन्छ ?
बाल्यकालमा दशैं मनाउँदा रमाईलो गरी नै मनाईयो । बाल्यकालमा बुवाले टिका लगाईदिने, पिंङ्ग खेल्ने कुरा रमाईलो लाग्थ्यो । त्यतिबेला नयाँ लुगा लगाउँनुपर्छ भन्ने थिएन् । जे होस रमाईलो लाग्थ्यो । साथीभाई, परिवारका बीच रमाईलो गरी नै मनाईयो ।

प्रतिक्रिया दिनुहोस्