यसरी मनाउदैछन् राजपाका नेता महतो र यादवले दशैं



राजेन्द्र महतो
पुर्व संयोजक, अध्यक्ष मण्डल, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)

दशै कसरी मनाउँदै हुनुहुन्छ ?
म अहिले जनकपुरमा छु । हामीले दशैंलाई दसहरा भन्छौं । यो १० दिनसम्म हुन्छ । यो बीचमा म गाउँ गाउँमा लाग्ने दुर्गा पुजामा जाने, भेटघाट गर्ने, सांस्कृतीक कार्यक्रममा सहभागि हुने योजना छ । दसहरा धर्म, संस्कृतीसंग जोडिएको बिषय हो । गाउँ गाउँमा लाग्ने मेलामा बच्चादेखी महिला, पुरुषहरुको सहभागिता हुन्छ । अन्तिम दिनमा बिसर्जन हुन्छ र माटोले बनाएको दुर्गा सहित देवी देवताको मुर्ति नजिकैको नदी, पोखरीमा बिसर्जन गरेपछि समापन हुन्छ ।
टिकाको दिन कसकोबाट टिका लगाउँने हो ?
हाम्रो तिर टिकाको त्यति महत्व हुदैन् । बिगत देखी नै हामीले स्थानीय पंडितबाट जमरा लगाउँने गर्छौं । तर पहाडमा टिकाको धेरै महत्व छ । हामी पुजापाठ गर्ने, नवरात्री बस्ने, सांस्कृतीक कार्यक्रममा सहभागि हुने गरेका छौं ।
दसहरा मनाउँनेलाई तपाईको सुझाव केही छ की ?
पहिला देखी हामीले दसहरा मनाउँदै आएका छौं । तर अहिले दसहरा बिगतभन्दा महंगो, भडकिलो तथा तामझामका साथ मनाउँने प्ररम्परा बढदै गएको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।
बाल्यकालमा दसहराको रमाईलो पललाई कसरी सम्झिनुहुन्छ ?
गाउँमा लाग्ने मेला हेर्न जाँदा जिलेबी, भुजा, पकौडी खान्थ्यौं । रमाईलो हुन्थ्यो । नयाँ कपडा लगाउँने, मेला हेर्नका लागि घरबाट पैसा पाउँने भएपछि खुशी लाग्थ्यो । भेलामा पुगेपछि दुर्गाभवानी सहित बिभिन्न देबी देवताको पुजा गरेर घर फर्किन्थ्यौं ।

रामसहाय यादव
महासचिव, समाजवादी पार्टी

Image result for रामसहाय यादव

दशै कसरी मनाउँदै हुनुहुन्छ ?
पार्टीद्धारा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागि हुने योजना छ । दशैलाई हामीले दसहरा भन्छौं । दसहरामा गाउँ गाउँ देखी शहर बजारसम्म दुर्गाभवानी सहित देवी देवताको मुर्ति बनाउने र पुजापाठ गर्ने चलन छ । मेला लाग्छ । जिल्लाको बिभिन्न गाउँमा पुगेर भेटघाट गर्नुका साथै मैले गरेका कामको बारेमा जनतालाई जानकारी गराउँछु । र नयाँ योजनाहरु संकलन गर्छु । म निर्वाचित क्षेत्रमा बिश्व प्रसिद्ध धार्मिक, ऐतिहासिक गढीमाईको मेला यही मंसिरमा लाग्दैछ । त्यसको व्यवस्थापमा जुटेको छु । आवश्यक तयारी भईरहेको छ । सडक, सञ्चार, सौचालय, खानेपानी लगायतको व्यवस्थापनमा जुटेको छु ।
टिकाको दिन कसकोबाट टिका लगाउँने हो ?
पहाडमा टिकाको रमझम, महत्व जती छ हाम्रो तिर हुदैन् । गाउँका पंडितबाट हामीले जमरा लगाउँने गर्छौं । दसहरामा बिशेष गरी नवरात्री बस्ने, पुजा गर्ने, मेला लाग्ने, सांस्कृतीक कार्यक्रममा सहभागि हुने गर्छ ।
दसहरा मनाउँनेलाई तपाईको सुझाव केही छ की ?
दसहरा पहिला भन्दा महंगो, भडकिलो हुदै गईरहेको छ । पंडाल निर्माणमै लाखौं खर्च हुने कामले खर्चिलो बनाएको छ । यो ठिक होईन् । यसलाई नियन्त्रण गर्दै संस्कृतीसंग जोडिएको बिषय भएकाले कम खर्चमा मनाउँनुपर्छ ।
बाल्यकालमा दसहराको रमाईलो पललाई कसरी सम्झिनुहुन्छ ?
दसहरामा स्कुलमा बिदा हुन्थ्यो । सिम्रौनगढमा मेला लाग्थ्यो । मेला हेर्न जान्थ्यौं । नयाँ लुगा लगाउँने, मेला खर्च घरबाट पाउँथ्यौं । खुशी लाथ्यो । सिम्रौनगढमा लाग्ने मेला हेर्न जाँदा जिलेबी, भुजा, पकौडी खान्थ्यौं ।

प्रतिक्रिया दिनुहोस्