अध्यादेशविरुद्ध स्थानीय तह कर्मचारी



कपिलवस्तु : कर्मचारी समायोजन अध्यादेश-२०७५ ले स्थानीय तहका कर्मचारीलाई समेट्न नसकेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरूले विरोध जनाएका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति, कपिलवस्तु नगरपालिकाको अगुवाइमा कर्मचारी आन्दोलित भएका हुन् ।

पुस १० गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी कर्मचारी संघर्षमा उत्रिएका छन् । विरोधका कार्यक्रमअन्तर्गत कर्मचारीले मंगलबार नगरप्रमुख किरण सिंहलाई ज्ञापनपत्र बुझाए ।  

स्थानीय तहमा जाने निजामती कर्मचारीलाई बढुवा लगायतका सेवा सुविधा दिए जस्तै स्थानीय तहमा हाल कार्यरत कर्मचारीलाई पनि ग्रेड थप, बढुवालगायतका सेवा सुविधा दिइनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्