काठमाडौंको बसुन्धरामा दुर्घटना, १ जनाको मृत्यु १ घाइते



काठमाडौं: काठमाडौंको बसुन्धारामा आज बिहान भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा बसुन्धारा बस्ने रामेछाप देउरालीका १७ बर्षीय अनिल श्रेष्ठ छन् । दुर्घटनामा घाइते भएकी अनिलकी आमा ३७ बर्षीया भगवती श्रेष्ठको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ३ बजे बा ९७ प ७८३७ नम्बरको स्कुटर बा ४ च  ६८४८ नम्बरको भ्यानमा ठोकिएको थियो ।

 

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्