प्रतिस्पर्धाविनै पाँच सैनिक हेलिकोप्टर



काठमाडौं : नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि डेढ अर्ब खर्चेर ल्याएको १४ सिट क्षमताको इटालियन अगुष्टाबाहेक थप पाँच हेलिकोप्टर  पनि विनाप्रतिस्पर्धा खरिद गरिएको पाइएको छ । जीटुजी (गभर्मेन्ट टु गभर्मेन्ट)को बहानामा नेपाली सेनाले स्थानीय एजेन्टसँग मिलेर अमेरिका, फ्रान्स तथा इन्डोनेसियाबाट पाँच हेलिकोप्टर किनेको हो । 

यी हेलिकोप्टर किन्न तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले अनुमति दिएको थियो । केही साताअघि नै इटालियन हेलिकोप्टर विनाप्रतिस्पर्धा एक अर्ब ५० करोडभन्दा बढी खर्च गरेर ल्याइएको थियो । 

त्यसबाहेक फ्रान्समा उत्पादित इकुरेल र अमेरिकी हेलिकोप्टर बेल पनि प्रतिस्पर्धाविनै खरिद गरेर नेपाल ल्याइएको छ ।

‘अगुष्टाबाहेक इन्डोनेसियाको पीडीआई कम्पनीबाट दुईवटा ट्रेनर जहाज, फ्रान्सबाट फिक्स विङ कार्गो र चारसिटे इकुरेल हेलिकोप्टर तथा अमेरिकाबाट एउटा ६ सिटे बेल हेलिकोप्टर विनाप्रतिस्पर्धा जीटुअनुसार खरिद गरिएको हो’, सैनिक स्रोतले भन्यो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्