विश्व अहिंसा दिवस तथा गान्धी जयन्तीमा जनकपुरमा बृहत् सरसफाइ



जनकपुरधाम : गान्धी जयन्ती र अन्तर्राष्ट्रिय अहिंशा दिवसको अवसर पारेर जनकपुरमा बृहत् सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन गरिएको छ । 

 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सरसफाइसम्बन्धी सन्देश प्रवाह गरेका छन् । मुख्यमन्त्री राउतले उक्त अवसर पारेर प्रदेशमा सरसफाइ गरिएको बताउँदै जहाँ स्वच्छता कायम हुन्छ, त्यहाँ सकारात्मक सोचको विकास हुने बताए । 

 

विद्यापति चोक गरिएको उक्त कार्यक्रम सम्बोधन गर्दै उनले प्रदेश २ का सम्पुर्ण जनतालाई आआफ्नो टोल, समाज, नगर र प्रदेशमा स्वच्छता कायम गर्न अाग्रह गरे ।मुख्यमन्त्री राउतले भने, ‘जनकपुबाट हामीले स्वच्छताको सन्देश प्रवाह गर्न सके पर्यटकीय स्थानको रुपमा अगाडि बढाउन सकिन्छ ।’

 

सेभ हिस्टोरिकल जनकपुर र महात्मा गान्धी स्मृति प्रतिष्ठानको आयोजनामा आज बिहान ७ बजे जनकपुरको भानुचोकबाट सुरु भएको सरसफाइ कदम चोक हुँदै जिल्ला प्रशाशन कार्यालयको बाटो भएर विद्यापति चोकमा आएर समापन भएको थियो ।

सरसफाई कार्यक्रममा स्थानीय विद्यालयका छात्र छात्राको समेत उल्लेख्य सहभागिता थियो । सरसफाइ अभियानमा प्रदेश २ सभासदस्य रामअशीष यादव, समाजसेवी अमरचन्द्र अनिल, वन कार्यालयका प्रतिनिधि, नागरिक समाज तथा महानगरपालिकाका कर्मचारीलगायत उपस्थित थिए । 

 

गान्धी जयन्तीबारे मुख्यमन्त्री नै अनभिज्ञ

महात्मा गान्धीको १५० औं जन्मजयन्त्री मनाइरहँदा मुख्यमन्त्री लालबाबु राउतले भने कार्यक्रममा १४९ औं भनी र सम्बोधन गरेका थिए । आयोजकले पनि ब्यानरमा १४९ औं जन्मजयन्त्री भनी उल्लेख गरेको थियो । 

हेनुृहाेस् तस्बिरमा सरसफाइ

 

प्रतिक्रिया दिनुहोस्