जहाँ जागिर पाउन परीक्षा होइन, एक कप कफी पिउनु पर्छ


एजेन्सी : हामीले कुनै जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना गरेकै हुन्छौँ वा गर्नै पर्छ । यो नियम प्राय विश्वभर नै लागू छ । कतै मौखिक परीक्षा मात्र पास गर्नुपर्छ भने कतै लिखित परीक्षा पनि पास गर्नुपर्छ अनिमात्र जागिर पाइन्छ ।

तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि परीक्षा दिनुपर्दैन । कफी पिउने कुरामा अब्बल ठहरिए पुग्दछ ।

अष्ट्रेलियाको एक अकाउटिंग सफ्टवेयर कम्पनी ह्भचय ले यस्तो अनौठो खालको कफी परीक्षा लिन्छ । उक्त परीक्षणको नाम हो, कफी कप टेष्ट । यो कफी परीक्षामा फेल हुनेहरुलाई जागिरमा राखिँदैन ।

Related image

कम्पनीका प्रमुख ट्रेन्ट इनेसले एक कार्यक्रमका दौरान आफुहरुको कफी परीक्षाको बारेमा बताएका छन् । उनका अनुसार कम्पनीमा जागिरका लागि आउने उम्मेदवारलाई उनी आफ्नो किचेनसम्म लैजान्छन् र कफी पिउँदै बाहिर आउँछन् र गफ गर्दछन् । गफ गरिरहँदा कपको कफी सकिइसकेको हुन्छ । वास्तवमा कफी खाइसकपछि खाली कपलाई उम्मेदवारले बाहिरै छाड्छ कि किचेनमै लगेर छाड्न चाहन्छ भन्ने कुरा थाहा पाउनु उनको यो परीक्षणको मुख्य उद्देश्य हो ।

उनका अनुसार हामीले सीपको विकास गर्न सकिन्छ, ज्ञान प्राप्त गर्न सकिन्छ । तर व्यवहार र दृष्टिकोण भन्ने कुरामा आफैमा अन्तर्निहित हुन्छ । आफुले कफी पिएको कपलाई आफैले किचेनमा लगेर आफै धुनुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएको उम्मेदवारलाई कम्पनीले जागिरमा राख्दैन । आफ्नो कफी कप आफैले धुनुपर्छ भन्ने मूलमन्त्र कम्पनीमा जागिर खान आउनेहरुका लागि एउटा प्रमुख आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय

काठमाडौ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन

काठमाडौं : चीनले कोरोनाभाइरस लागेका बिरामीको उपचारका लागि ६ दिनमा काम सक्ने गरी अस्पताल निर्माणको

गलेश्वर : सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु-याउने नीति लिएको भए पनि हिमाली