जाडोले महोत्तरीमा दुई जनाको मृत्यु



गौशाला: जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् ।

 

जाडोले बेहोस भएका ठाकुरको आज उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए ।

 

जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले उनको परिवारलाई रु १५ हजार सहयोग गरेका छन् । जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्