प्रधानमन्त्रीले संसदमा बोलेको ‘निम्छरो’ शब्द अझै हटेन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गत बैशाख २४ गते नीति तथा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा भनेका थिए, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा, र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्दछु ।’

सो भनाईपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी परेपनि सभामुखले कारबाही अघि बढाएका थिए ।

नाराबाजीकैबीच नीति तथा कार्यक्रम पास गरिएको थियो । महराले ३ दिनपछि २७ बैशाखमा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएका थिए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्