विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन : मन्त्री बाँस्कोटा



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताएका छन्। धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना नमर्ने दाबीसमेत गरे।

मन्त्री बाँस्कोटाले भने, “हामीले कसैको रोजीरोटी नमार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र मजदूरको समेत सिर्जना नमर्ने गरी कानून बनाउँछ ।” उनले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताए। “कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ ।”

मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताए। “हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बेइमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हाल्ने र महिलामाथि अभद्र व्यवहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपाईहरुलाई थाहा नै छ”, उनले भने।

राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्यायको शासन स्थापित हुने उनले दोहो¥याए। – रासस

प्रतिक्रिया दिनुहोस्