नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल



काठमाडौं : विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको।

नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते। एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन्। सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्छन् खतिवडा।

नेपाल ल क्याम्पसमा अध्ययन गर्दैगर्दा तत्कालीन एमालेले वसन्त नेम्वाङलाई पाँचथर पठायो। कलिलै उमेरमा ०४८ सालकै संसदीय निर्वाचनमा विजयी बने नेम्वाङ। उनले ०५१ र ०७४ को संसदीय निर्वाचन जिते। मन्त्रिपरिषद् विस्तारको चर्चा चल्यो कि सम्भावित मन्त्री भन्दै नेम्वाङको नाम मिडियामा आउँछ। तर उनले अवसर पाएका छैनन्। ‘मन्त्रीको चर्चा भयो कि सुवास नेम्वाङ आफ्ना भाइ वसन्तलाई मन्त्री बनाउन लाग्यो भनेर मिडियामा आउँछ,’ वसन्त निकट एक सांसदले भने, ‘०४८ सालमै चुनाव जितेर संसदीय प्रक्रियामा प्रवेश गरेको व्यक्ति सुवास नेम्वाङसँग जोडिएर नाम आउँदा कति दिक्क लाग्दो हो।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्