माता लक्ष्मीलाई यसरी गराउनुहोस् प्रशन्न



माता लक्ष्मीलाई प्रशन्न पार्ने तरीका निकै नै सजिलो छ । तर कतिपय व्यक्तिहरुलाई यसबारे थाहा हुँदैन् । शास्त्रमा पनि लक्ष्मी मातालाई प्रशन्न पार्ने उपायबारे जानकारी लिइएको छ । जसअनुसार माता लक्ष्मीको कृपा पाउन सकिन्छ ।

माता लक्ष्मीलाई यसरी प्रशन्न पार्न सकिन्छ

महालक्ष्मीको महामन्त्र ऊँ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद् श्रीं ह्रीं श्रीं ऊँ महालक्ष्मयै नम : मन्त्रलाई कमलको फूलमा रहेको गेडाबाट बनेको मालाले १०८ पल्ट जप गर्नुभयो भने तपाईमाथि माता लक्ष्मीको कृपा रहन्छ ।

लक्ष्मी पूजा गरिसकेपछि घरको सबै कोठामा शंख र घण्ट बजाउनुपर्छ । यसबाट घरमा रहेको सबै नकरात्मक कुराहरु पलायन हुन्छ ।

लक्ष्मीको पूजा गर्दा पहेंलो रंगको कौडी राख्नुपर्छ । यसबाट धनसम्बन्धि सबै समस्या समाधान हुन्छ ।

तिहारको दिन शिवलिंगमा अक्षता अर्थात चामल चढाउनुपर्छ । सबै चामल पूर्ण रुपमा नकाटिएको हुनुपर्छ ।

लक्ष्मी पूजामा सिंगो काँचो बेसारको टुक्रा राखेर पूजा गर्नुहोस् र पूजा सकिएपछि यसलाई आफ्नो तिजोरीमा राख्नुहोस् ।

लक्ष्मी पूजाको दिन पिपलको रुखमा जल चढाउनुहोस् । यबिाट शनिको दोष र कार्ल सर्प दोष हराएर जान्छ ।

प्रतिक्रिया दिनुहोस्