यस विधिबाट गर्नुहोस् गोवर्धन पूजा, हुनेछ आर्थिक सम्पन्नता



फाइल फोटो

काठमाडौं : यमपञ्चक अर्थात् तिहार अनुसार आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कसरी गर्ने गोवर्धनको पूजा :
बिहानै शरीरका तेल लगाएर नुहाउनुहोस् । घरको मूख्य द्वारमा गाईको गोबरबाट गोवर्धन पर्वतको आकृति बनाउनुहोस् । गोवर्धन पर्वतमा गोठाला, रुख-बिरुवाको आकृति बनाउनुहोस् । बिच भागमा भगवान कृष्णको मूर्ति राख्नुहोस् । यसपछि भगवान कृष्ण, गोठाला र गोवर्धन पर्वतको विधि पु-याएर पूजा गर्नुहोस् ।

यसपश्चात प्रसाद र पंचामृत चढाउनुहोस् र गोवर्धन पूजाको कथा सुन्नुहोस् । अन्त्यमा सबैलाई प्रसाद दिएर मिष्ठान्न भोजन गर्नुहोस् ।

आर्थिक सम्पन्नताको उपाय

गाईलाई नुहाइदिएर पूजा गर्नुहोस् । फलफूल, रोटी खुवाउनुहोस् । सात पटक गाईको परिक्रमा गर्नुहोस् । गाईको खुरको नजिकैबाट माठो लिनुहोस् र यसलाई सिसाको बोतलमा राखेर आफूसँग सुरक्षित राख्नुहोस् । कुनै पनि ठाउँमा यो माठोको टिका लगाएर जाँदा अवश्य सफलता प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्