भाईटीका आज : टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा



काठमाडौं : आज तिहारको अन्तिम दिन अर्थात भाइटीका । तिहारको रौनक उत्कर्षसँगै इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै नओइलाउने सुपारी फुल (मखमली)का माला, अमिलो रसिलो भोगटे, बिमिरो, ओखर, तेल र कटुस लगायत विभिन्न रंगबिरंगी फलहरु, झिलीमिलि बत्तिहरुसँगै आज (मंगलबार) दिदीबहिनीले दानुभाईलाई टीका लगाउँदै छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज भाईटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ । यस शुभ साइतमा दाजुभाईहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजुभाईहरूलाई टीका लगाई शुभाशिष दिई शुभ सगुन ख्वाउनु उत्तम हुने समितिले जनाएको छ ।

काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरिएपछि आज दाजुभाईको पूजा गर्ने दिन ।

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्