सिरहाबाट ८ जना जुवाडे पक्राउ



सिरहा : सिरहा नगरपालिका १५ माडरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७५ हजार ५सय २५ रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिरहा नगरपालिका १४ खिरौनाका २६ वर्षीय नुर खान, ३८ वर्षीय मो। रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्याम कुमार यादव, २९ वर्षीय रंजित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिव कुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफीलाई पक्राउ गरेको छ ।

७३ हजार ६ सय ५ नेपाली र भारतीय १ हजार २ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्