को मधेशी, को पहाडी सबै सूर्यको आराधानामा व्यस्त



काठमाडौं : मैथिली–भोजपुरी शब्दको गीत, संगीत । तराई–मधेशमा मात्र नभएर संघीय राजधानी काठमाडौंको गौरिघाट, बाग्मती किनारा, भक्तपुरको सिद्धपोखरीलगात ठाउँमा छठी गीत घन्किन थालेको छ । को मधेशी, को पहाडी, सबै सूर्यको आराधानामा व्यस्त ।

विशेषगरी तराई–मधेश लगायत मधेशी समुदायमा उत्साह र निष्ठाका साथ धुमधामसँग मनाइने छठ पर्व अहिले पहाडी मुलका समुदायले पनि उल्लासपूर्वक ढंगले मनाउन थालेका छन् । केही समयअघिसम्म तराई–मधेशमा मात्र मनाइँदै आएको यो पर्व अहिले पहाडी क्षेत्र तिर पनि मनाउन थालिएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको छठ पर्व सदभाव पर्वको रुपमा पनि परिचित छ । त्यस्तैले पनि यो पर्व विस्तारै देशव्यापी बन्न पुगेको छ । यो पर्व देशव्यापी बन्दै गर्दा पहाडे समुदाय र मधेशी समुदायको बीच सदभाव दूतका रुपमा सेतु बन्न पुगेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखी छठ मनाउने परम्पराको थालनी भएको जनाइएको छ ।

यो पर्वले केही समययता देखा परेको पहाडे र मधेशी समुदायबीचको बढ्दो दरारलाई पूर्दै यि समुदायलाई नजिक्याउने माध्यमका रुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।

कात्तिक शुक्लचतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत शुरु हुने यो पर्व सप्तमीसम्म मनाइन्छ । यो पर्वमा सूर्यदेवको आराधना, उपसना र पूजा गरिन्छ । देस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर छठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने परम्परा छ । त्यस्तै नुन नखाई एक छाक फलाहार गरिने परम्परा अँगाल्दै छठ पर्व पहाडी समुदायले पनि यो पर्व मनाउन थालेका छन् ।

यसैगरी काठमाडौंलगायत विभिन्न स्थानहरुमा छठ पर्वको रौनकता, महत्व र उल्लासमय वातावरणमा यो पर्व प्रति पहाडे समुदायको बढ्दो आकर्षणले यस कुराको पुष्टि गरेको देखिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखी छठ मनाउने परम्पराको थालनी भएको जनाइएको छ ।

छठ पर्वको मुख्य दिन आज (शनिबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगका साथै सबै भाषाभाषीहरुले मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ । यसमा पर्वमा झप्पाझप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको रक्षा हुने मान्यता रहेको पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उसले अर्कोबाट व्रत गराउने पर्ने गर्ने गर्छन् ।

यसैअन्तर्गत छठ पर्व गत बिहीबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्ररित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक प्रद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, । जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा, आराधाना र अर्घ दिइन्छ ।

छठ पर्वको मुख्य दिन आज (शनिबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगका साथै सबै भाषाभाषीहरुले मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ ।

जन्मदेखि मृत्युसम्मका कुनै पनि सांस्कृतिक कर्म पानीबिना पूर्ण हुँदैनन्  । छठकै लोकगीतहरूमा पानीको गरिमा र यसको प्रयोजन अभिव्यञ्जित भएको पाइन्छ । छठमार्फत पानीप्रति आदराञ्जली प्रकट गरिन्छ । नदी र पोखरीको सामीप्य नपाएको अहिलेको पुस्ताका लागि नदी धर्मसँग परिचित हुने अवसर हो यो ।

यसैगरी छठ पर्व पानीसँग पनि जोडिएको छ । छठ पर्व र पानीबीच अभिन्न नाता छ । चारै दिन पर्वका सामग्रीको स्वच्छता, स्नान, अर्घ र अनुष्ठान सबैका लागि पानी चाहिन्छ । कुनै जलाशयको किनारमा पूजा गर्नु यसको अनिवार्य पक्ष हो । पछिल्ला वर्षहरूमा आफ्नै घरआँगनमा पूजा गर्न खोज्नेहरूले पनि कृत्रिम जलाशय बनाएकै हुन्छन् । छठ मात्रै किन ? हाम्रा अन्य पर्व र अनुष्ठानले पनि पानीबिना पूर्णता पाउँदैनन् ।

जन्मदेखि मृत्युसम्मका कुनै पनि सांस्कृतिक कर्म पानीबिना पूर्ण हुँदैनन्  । छठकै लोकगीतहरूमा पानीको गरिमा र यसको प्रयोजन अभिव्यञ्जित भएको पाइन्छ । छठमार्फत पानीप्रति आदराञ्जली प्रकट गरिन्छ । नदी र पोखरीको सामीप्य नपाएको अहिलेको पुस्ताका लागि नदी धर्मसँग परिचित हुने अवसर हो यो ।

प्रतिक्रिया दिनुहोस्