मंगलबार: गणेश भगवानको ब्रत बस्नुभएको छ ? यो अवस्य पढ्नुहोस्



हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको ब्रत बस्नु भएको छ होला । तर, कतिपयलाई ब्रत बस्दाका फाइदा, ब्रत बस्नाले के हुन्छ ? अथवा ब्रतले के फाइदा हुन्छ भन्ने सबै कुरा थाहा नहुन पनि सक्छ ।

आउनुहोस् जानौं ब्रत बस्नुका मुख्य कारण

– ब्रत बस्नु भनेको संकल्प इच्छाशक्ति बढाउनु
– आध्यत्मिकताको विकास गर्नु
– सर्वाधिक स्वास्थ्य लाभ लिनु पनि हुन् ।

ब्रतको फाइदा

ब्रत बस्नाले शरीरको शुद्धिकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउनु ।

ब्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहान्छ भने तवसम्म उ व्रत बस्छ जबसम्म उसले चाहेको उद्धेश्य पूरा हुँदैन ।
ब्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईले खान मन गरेपनि तपाईको इन्द्रियको पुकार तपाईको इक्षाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईको इच्छाशक्ति दृढ हुन सकेन भने तपाई केही फलफूल र दूध पिउन सक्नुहुन्छ ।

ब्रतले मानिसलाई त्याग गर्न सिकाउँछ । त्यसकारण पनि यो दिन तपाईले दान अथवा आफूले खाने खाना जसका लागि जरुरी छ उसलाई दिन सक्नुहुन्छ ।

ब्रतका दिन व्यक्ति शारीरिक र मानसिक रुपबाट हल्का महसुस गरिरहेको हुन्छ । चिन्तामुक्त बन्न सक्छ । यदि तपाई सहज तरिकाले एकाग्र चित्त बनाउन सक्नु भयो भने यी कुराहरु स्पष्ट हुन्छ ।

ब्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । ब्रतको पूरैदिन यो ख्याल राख्नुहोस् कि, तपाई मानसिक र अध्यात्मिक विकासका लागि ब्रत गरिरहनु भएको छ ।

यदि तपाई ब्रत बस्ने आफ्नो संकल्प पूरा गर्नु भयो भने तपाईको आत्मविस्वास दृढ बन्दै जान्छ ।

सधै ख्याल राख्नुहोस् ब्रतको विशेष दिनमा अन्य मानिसहरुसँग विशिष्ट र मैत्रीपूर्ण तथा सार्थक व्यवहार गर्न जरुरी हुन्छ ।

यदि सबै मानिसहरु हप्तामा एकदिन ब्रत बस्ने गरेमा भोकको समस्या र स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट टाढा हुन सकिन्छ ।

ब्रतको दिन के गर्ने ?

विहानको समयमा मोमबत्ती या दीप बाल्नुहोस् । विहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् ।

जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना ।

खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन गर्नुहोस् कि, ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।

जब खाना (प्रसाद) तैयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् ।
पूजास्थानमा दीप, मोमबत्ती या अगरवत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ ।

त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीता लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । यातफेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।

ब्रतको दिन के खाने ?

ब्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ ।

यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुनुुहन्छ भने यातफेरि अत्यधिक टाउँको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडिबुटीको चिया वा पानी पनि पिउन सक्नहुुन्छ ।

प्रतिक्रिया दिनुहोस्