विमानस्थलका प्रहरीलाई अंग्रेजी भाषाको तालिम



काठमाडाैं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीको व्यवहार सुधार गर्न अंग्रेजी भाषादेखि विभिन्न तालिम दिन थालिएको छ । त्यसका लागि विशेष कोर्स नै तयार पारिएको छ ।

विमानस्थलमा कार्यरत प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई सेवा दिनुपर्ने भएकाले उनीहरूलाई अंग्रेजी भाषाको तालिम दिइएको महानगरीय विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । नयाँ पत्रिका दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस्