सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने कांग्रेसको निर्णय



काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदन र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।

 

सरकारले जनविरोधी काम गरिरहेकाले त्यसविरुद्ध सडक आन्दोलनलाई बल पु¥याउने गरी सदनमा कुरा उठाउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

 

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि बैठकले आपत्ति जनाएको छ। त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्