बस दुर्घटनामा १२ जना घाईते



फाईल फोटो

दाङ : दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा गाडीमा सवार १२ जना घाईते भएका छन् ।

आज सोमबार बिहान ना ५ ख ६४४९ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये दाङ तुलसीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका ११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका ३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्