सगरमाथा सिमेन्ट उद्योगमा आगलागी



दाङ: घोराहीस्थीत सगरमाथा सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको छ । घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्रिजको निर्माणाधीन क्लिङ्कर स्टक पाइल (सिएसपी) भवनमा विद्युत चुहावट भई आगो लागेको उद्योगले जनाएको हो ।

 

आगलागीबाट निर्माण सामाग्रीका साथै ५ वटा वेल्डिङ मसिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीमा वेल्डिङ गर्दा प्रयोग हुने ३ थान ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

 

नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिएको उद्योगले जनाएको छ । आगलागीबाट भएको क्षतिको बिवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्