५० लाख लिएर महिला फरार भएपछि ५० जना युवा तनावमा



विराटनगर : रोजगारीको लागि माल्दिभ्स पठाईदिन्छु भन्दै पूर्वका युवाहरुसँग ५० लाख लिई एक महिला फारा भएकी छन् । यसरी ५० युवाबाट ५० लाख पैसा उठाएर फरार भएपछि माल्दिभ्स जाने भनेको युवाहरु यतिखेर तानवमा रहेका छन् । यसरी ठगी फरार महिला हुन्, मोरङको सुन्दरहरैचा–१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (बिडारी) ।

यस विषयमा विराटनगरस्थित श्रम कार्यालयमा उजुरी परेको छ । यस विषयमा उजुरी परेको श्रम कार्यालयले पुष्टि गरेको छ । कात्तिक तेस्रो साताबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । पीडित युवाहरुको उजुरीका आधारमा श्रम कार्यालय विराटनगरले कारबाही अघि बढाएको छ । तर ति महिलालाई अझै फेला पार्न सकेको छैन ।

विदेश पठाउने नाममा ठगी गरी आफै विदेश भाग्न सक्ने भनेर भने युवाहरुले लक्ष्मीलाई एअरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका छन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिएका छन् ।

पीडितहरुका अनुसार लक्ष्मीका श्रीमान रुपेश बिडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलह समेत भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।

पीडितमध्येका सुन्दरहरैचा–१२ का प्रतापकुमार कोइरालाले शुरुमा आफूहरुलाई माल्दिभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताएका छन् । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्डको काम लगाई दिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्