राष्ट्रपतिले इन्डोनेसियामा पठाएको शोकसन्देशमा ‘बधाई’ लेख्ने को हो?



काठमाडौं: परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्या भण्डारीका तर्फबाट इन्डोनेसियाली समकक्षीलाई पठाइएको शोकसन्देशमा गलत शब्द लेखेर जारी गर्ने कर्मचारीलाई कारबाही अघि बढाइएको छ। मन्त्रालयले बिहीबार सम्बद्ध कर्मचारीलाई लिखित स्पष्टिकरण सोधेको छ।

 

परराष्ट्र मन्त्तालयको दक्षिण, पूर्व एसिया तथा प्रशान्त महाशाखाका कर्मचारीले विज्ञप्ति तयार पारेका कान्तिपुरमा खवर छ । मन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘गलत शब्द लेख्ने कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ, तथ्य पत्ता लागेपछि कारबाही गरिनेछ।’

 

इन्डोनेसियामा सुनामीका कारण जनधनको क्षति भएको घटनामा राष्ट्रपति भण्डारीले समवेदना व्यक्त गर्दै बुधबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोलाई शोकसन्देश पठाएकी थिइन्। सन्देशमा समवेदना हुनुपर्नेमा ‘बधाई’ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्