प्रेसर कुकरसहित विप्लवका ९ कार्यकर्ता पक्राउ



सुनसरी : प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रेसर कुकरसहित पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधि गरिरहेका विप्लवका ९ जना कार्यकर्ता एउटा प्रेसर कुकरसहित सुनसरीको धरानमा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा संखुवासभा सिलिचौंङ गाउँपालिका ३, ताम्कुका सुवास राई, दिपेन्द्र राई, प्रवीन राई, उदीप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई छन् । त्यस्तै धरान ८ भोटेपुलका संजेश राई र रमेश भन्ने कुमार ढकाललाई पक्राउ गरिएको छ ।

हिजो (सोमबार) साँझ धरान उपमहानगरपालिका १५ स्थित नरेश लिम्बुको घरबाट पक्राउ परेका उनीहरुबाट चन्दा रसिद तथा चन्दा माग गर्दै व्यापारीहरुलाई लेखिएको चिठ्ठीहरु, एक लाख १२ हजार ५ सय, मोवाइल सेट १० थान, मोवाइलको सीम १२ थान र २ वटा मोटरसाइकल समेत बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्