जङ्गली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु


भद्रपुर : जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो ।

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पु-याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।

झापामा दुई दिन अघि प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो । सो आक्रमणमा चार वटा करङ भाँचिएका गजमेरको चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा