मलेसियाका पूर्वप्रधानमन्त्री पत्नी भ्रष्टाचार अाराेपमा पक्राउ



रासस : मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

 

कैयौँ अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो। रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेका समाचारमा जनाइएको छ।

 

मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्न उठाएपछि उनी पक्राउ परेको बताइएको छ। उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्