अमेरिका, क्यानडा जान रकम बुझाउने ठगीमा



काठमाडौं : वैदेशिक रोजगारका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देशमा जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरू नै धेरै ठगीने गरेको देखाउँछ ।

विभागमा क्यानडा, अष्टे«लिया, पोल्याण्ड, मकाउ, स्पेन, चेक रिपल्लिक र दक्षिण अफ्रिकालगायतका धेरै आम्दानी हुने देशमा लैजाने भन्दै ठगीमा परेको उजुरी आएको विभागका महानिर्देशक डा।भिष्मकुमार भुसालले जानकारी दिए ।

‘यसरी ठगीमा परेर यजुरी दिने जानेबुझेका र पढेलेखेका मानिसहरू नै बढी हुने गरे पनि अकिांशसँग पैसा लेनदेनको प्रमाण नै छैन,’ उनले भने, ‘कतिपय अवस्थामा कीर्ते कागज मिलाएर जान खोज्नेबाट ठूलो रकम ठगीएको पाइएको छ ।’

कीर्ते गरेर विदेश जान लागेकाहरू ठगीमा परेको अवस्थामा उनीहरूको न्यायका लागि विभागलाई कारबाही चलाउन नैतिक संकट परेको उनले बताए । विभागअन्तर्गतको टोले फ्रि सेवा केन्द्रमा आएका १०२ उजुरीमध्ये १५ ठूला ठगीमा मात्र १ करोड १ लाख ९५ हजार रुपैयाँ प्रमाणबीना र कीर्ते गरेर मुद्दा चलाउन असजिलो हुने उजृरी रहेका छन् ।

गत महिना विभागमा आएको एक उजुरीमा मान्दिभ्स जानका लागि क२ लाख १० हजार बुझाएर प्रमाण पनि नराखेको र पासपोर्टसमेत गायब पारेको उल्लेख छ ।

यसैगरी एक युवतीले क्यानडा जानका लागि २१ लाख तिरे पनि पठाउने मानिस बेपत्ता भएको उजुरी रहेको छ । विभागले पछिल्लो दिनमा अर्मेनिया(देश) पठाउँछु भनेर ठगीएका उजुरी बढ्दै गइरहेको जनाएको छ । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्