मेस्तर समुदायद्वारा पुनर्वास माग



जनकपुरधाम : जनकपुरधाम–१ मा बसोबास रहेको मेस्तर समुदायका अगुवाहरूले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

रेल्वे स्टेसनको जग्गामा घर बनाई बसिरहेका मेस्तर समुदायको घरटहरा रेल सञ्चालन गर्ने क्रममा भत्काउन थालिएपछि आफूहरूको उठीबास हुने भएको भन्दै पुनर्वासको मागसहित उनीहरूले उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाएका हुन् । 

मेस्तर समुदायले बुझाएको ज्ञापनपत्रमा जग्गा उपलब्ध गराइदिन र घर निर्माण गराई दिन नगरपालिकालाई आग्रह गरिएको छ । जग्गा उपलब्ध गराई घर निर्माण नगरिए जग्गा खाली नगर्ने मेस्तर समुदायले चेतावनीसमेत दिएको छ ।

तत्काल घर, टहरा भत्काउने कार्य रोक्न र जबर्जस्ती गरिए मेस्तर समुदायले कडा कदम चाल्ने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्